सामग्रीमा जानुहोस्

लैय्या जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लैय्या जिल्ला
ضِلع لیّہ
पाकिस्तानको नक्शामा लैय्या जिल्लाको अवस्थितिको अवस्थिति
पाकिस्तानको नक्शामा लैय्या जिल्लाको अवस्थिति
देशपाकिस्तानपाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
सदरमुकामलैय्या
सरकार
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा१,८२४,२३०
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समष)
तहसील सङ्ख्या

लैय्या जिल्ला (उर्दु: ضِلع ليّہ), (पन्जाबी: ضلع ليہ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक शहर हो । यो जिल्ला पञ्जाब प्रदेशको दक्षिण क्षेत्रमा रहेको छ । यस जिल्लाको सदरमुकाम लैय्या शहर हो । लैय्या जिल्लाको तापक्रम अत्याधिक उच्च हुन्, यस जिल्लाको अधिकंस क्षेत्र मरुभूमि जस्तै छ ।

यो जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशमा पर्ने एक जिल्ला हो जुन ३०-४० देखि ३१-२४ डिग्री उत्तर अक्षांश र ७०-४४ देखि ७१-५० डिग्री पुर्वमा देशान्तरणमा अवस्थिति छ । यस क्षेत्र सिन्धु नदी को बीच मरुभूमि को अर्ध-आयताकार ब्लक हो र सिन्ध सागर दोआब को चेनाब नदीमा किनारमा पर्छ । यो जिल्लाले कुल क्षेत्रफल ६,२९१ वर्ग किलोमिटर ओगटेको छ भने पूर्वीदेखि पश्चिम सम्म ८८ किलोमिटर छ भने उत्तर देखि दक्षिण सम्म ७२ किलोमिटरमा फैलिएर रहेको छ ।

अलिफ अलानले सार्वजनिक गरेको पाकिस्तानको जिल्ला शिक्षा बरियता क्रममा लैय्या जिल्ला शिक्षा अङ्क ६६.७६ र सिकाइ अङ्क ७०.८ का साथ ३८ अौँ स्थानमा रहेको छ । यस जिल्लाको पढाइ अङ्क ६५.१३ छ भने स्कुल पुर्वाधार अङ्क ९४.३८ जुन उच्च छ र देशकै १८ अौँ स्थानमा पर्न सफल भएको छ । यस तथ्याङ्कका अनुसार लैय्या जिल्लाको विद्यालयहरूमा सुद्घ पिउने पानी, विद्धुत, चर्पीको राम्रो व्यवस्था रहेको छ । एक तथ्याङ्कले देखाए अनुसार सरकार विद्यालयका विद्यार्थीको मनोबल र क्षमता निजी विद्यालयमा पढ्ने विद्यार्थीको भन्दा कम पाइएको छ । निजी विद्यालयमा उच्च मासिक सुल्क भएका कारण सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू निजी विद्यालयमा पढ्न जान सकेका छैनन् ।

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या दुई मिलियन रहेको छ । १९०२-३ को अन्तमा दस वर्षको अवधिमा प्रति व्यक्ति आय ९९०० रुपैया रहेको थियो भने खर्च १,०१,०० रहेको थियो । सन् २०११ को जिल्ला जनगणना अनुसार मुस्लिम जनसङ्ख्या अहिलेसम्मकै सबैभन्दा ठूलो धार्मिक समूह हो जसको जनसङ्ख्या ९८.८% त्यसपछि इसाइ रहेको छ जुन मुश्किलले १-१.५% आबादीमा रहेको छ र समान रूपमा शहरी र ग्रामीण इलाका स्थानहरु मा फैलिएको छ । १९९८ को जनगणना अनुसार जिल्लाको ६२% जनसङ्ख्या सिराइकी पहिलो भाषाको रूपमा बोल्छन् भने पञ्जाबी ३३% र उर्दू ३.१% मानिसहरूले बोल्छन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]